चाड पर्वलाई लक्षित गरि काठेखोला गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । आज काठेखोला गाउँपालिकाका उपाध्यक्ष श्री तेजबहादुर थापा (तिलक) ज्यूको नेतृत्वमा भएको पसलहरुको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत श्री खगराज गौतम, राजश्व शाखाका शाखा प्रमुख श्री प्रकाश पौडेल, पशु सेवा केन्द्रका शाखा प्रमुख श्री होम बहादुुर थापा, सुचना प्रविधि शाखाका शाखा प्रमुख श्री नारायण पौडेल, रोजगार सेवा केन्द्रका शाखा प्रमुख श्री जनक पौडेल, राष्ट्रिय परिचय पत्र तथा पंजिकरण शाखाका एम.आइ.एस. अफरेटर श्री अन्चल थापा, पत्रकार श्री डम्मर बुढा मगर, दोबिला प्रहरी चौकी अक्षते र धम्जा प्रहरी चौकी रिजालचोकका सुरक्षाकर्मीहरु लगायतको टोलीले वडा नम्बर २, ३ र ४ मा संचालित पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा धेरै जसो म्याद गुज्रिएका समान र अखाध्य बस्तु मिसाइएको खानेकुराहरु फेला परेका छन् । ति सामानलाई नष्ट गर्नका लागि व्यवसायीलाई आग्रह गरिएको छ भने सचेत समेत गराइएको छ ।















