FAQs Complain Problems

काठेखोला गाउँपालिका वडा नम्बर १, पालामा एकीकृत घुम्ती सेवा संचालन गरेका केही झलकहरु ।

काठेखोला गाउँपालिकाद्धारा एकिकृत घुम्ती शिविर सञ्चालन ।

काठेखोला गाउँपालिकाको विभिन्न शाखाबाट हुने सेवा प्रवाहलाई जनताको घरदैलोमा पुगेर सेवा दिने अभिप्रायले गाउँपालिकाद्धारा एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । आज आश्विन १८ गते काठेखोला गाउँपालिका, वडा नं. १ पालाबाट शुभारम्भ गरिएको एकिकृत घुम्ती शिविरको उदघाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले सोही वडा निवासी जेष्ठ नागरिक मन बहादुर थापालाई जेष्ठ नागरिक परिचय–पत्र र अमर बहादुर कुँवरलाई श्रम स्विकृति प्रदान गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । काठेखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खडक थापाको अध्यक्षता र काठेखोला गाउँपालिकाका प्रशासन शाखा प्रमुख मनोज कार्कीको सञ्चालन रहेको उद्घाटन कार्यक्रममा काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, आर्थिक विकास समितिका संयोजक एवम वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण पुन, गाउँपालिकाका प्रवक्ता टिका संगम वि.क., लगायतका जनप्रतिनिधि र विभिन्न शाखाका प्रमुख एवम अन्य कर्मचारीहरुको सहभागीता रहको थियो । शिविरमा बागलुङ नगर अस्पतालका प्रमुख गरिमा खनाल, काठेखोला गाउँपालिका प्रशासन शाखा प्रमुख मनोज कार्की, स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डे, योजना शाखा अधिकृत उत्तम पौडेल, सुचना प्रविधि शाखा प्रमुख नारायण पौडेल, कर्षि शाखा प्रमुख भावना रोका, पशुसेवा शाखाका प्रमुख होम बहादुर थापा, आर्युवेद शाखाका प्रमुख गोपाल शर्मा, रोगजार सेवा शाखा प्रमुख जनक पौडेल लगायतका दुइ दर्जन भन्दा बढि कर्मचारीहरुले सेवा दिनुभएको थियो । आज आश्विन १८ गते देखि आश्विन २६ गतेसम्म काठेखोला गाउँपालिकाको सम्पुर्ण वडाहरुमा सञ्चालन हुने शिविरमा योजना सम्झौता, जेष्ठनागरिक एवम अपांग परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य सेवा, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम पशुसेवा र बैदेशिक रोजगार बोर्ड बाट प्रदान गरिने कल्यानकारी सेवाको सहजीकरण (श्रम स्विकृति) लगायतका सेवा प्रवाह गरिने छ ।

आर्थिक वर्ष: