FAQs Complain Problems

गाउँपालिका स्तरिय कला संस्कृति तथा खेलकुद बिकास समिति गठन।

काठेखोला गाउँपालिकामा गाउँपालिका स्तरिय कला तथा खेलकुद विकास समिति गठन भएको छ ।  काठेखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिहु बागलुङको आयोजनामा मिति २०७५ माघ १८ गते सम्पन्न यस काठेखोला गाउँपालिकाको वडा नं.१ देखि ८ वडा भित्रका खेल तथा कला संस्कृतिको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको एक बृहत भेलाले काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम बि.क.को संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको छ । जसमा महेन्द्र लामिछाने, गणेश नेपाली, बिक्रम शर्मा, गंगा थापा, बाबुराम भण्डारी, सुर्य बहादुर भण्डारी, सुकमाया पुन, दिपक थापा, कृष्ण प्रसाद कँडेल, दिपक बि.क.पुन, कष्ण प्रसाद कँडेल, प्रदिप बोहोरा, दिल बहादुर कार्की, भक्त बहादुर कुँवर, बिश्व गौतम, जिवन काउचा रहेका छन । भने काठेखोला गाउँपालिकाका ना.सु.मनोज कार्की सदस्य सचिव रहनुभएको छ । भने एक महिला सदस्य पछि समितिले मनोनित गर्ने छ ।
काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य तथा कला संस्कृति तथा खेलकुद भेलाको संयोजक टिका संगम बि.क.को अध्यक्षता र ना.सु.मनोज कार्कीको सञ्चालनबाट अघि बढेको उक्त बृहत भेलाको उदघाटन काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गर्नुभएको थियो । भने काठेखोला गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अमर बहादुर थापा, वडा नं.४ तंग्रामका वडा अध्यक्ष केशव थापा, काठेखोला गाउँपालिका वडा नं. १ पालाका गणेश नेपाली, वडा नं.२ भिमापोखराका राजु गौतम, वडा नं.३ धम्जाका बाबुराम भण्डारी, वडा नं.४ तंग्रामका अशोक पुन, वडा नं.५ बिहुँका कृष्ण प्रसाद कँडेल, वडा नं.६ बिहुँका प्रदिप बोहोरा, वडा नं.७ रेशका दिल बहादुर कार्की  वडा नं.८ लेखानीका बिश्व गौचन लगायतका ब्यक्तित्वहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको उदेश्य र औचित्य माथी कार्यपालिका सदस्य टिका संगम बि.क.ले प्रकाश पार्नुभएको थियो

आर्थिक वर्ष: