FAQs Complain Problems

निजामति कर्मचारी दिवसको अवसरमा काठेखोला गाउँपालिकाको सडक मर्मत कार्यक्रम

निजामति कर्मचारि दिवसको अवसरमा काठेखोला गाउँपालिकामा आयोजना गरिएको कार्यक्रमामा काठेखोला गाउँपालिकाको विकासको लागि जनसहभागिता भन्ने मुख्य उद्धेस्य रहेको र काठेखोला गाउँपालिकाको वडा नं. १ एकपाटे देखि सुलडाँडा सम्मको सडक मर्मत कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम अौपचारिक रुपमा सुरु नभएपनि कार्यक्रमको मुख्य उद्देश्य पुरा भएको छ । कार्यक्रम अैपचारिकता भन्दा बढी काममा केन्द्रित रहेको थियो । यस सडक मर्मत कार्यक्रमा काठेखोला गाउँपलिकाका अध्यक्ष अमर बहादुर थापा , साथै वडा नं. १ का अध्यक्ष खडक थापा र वडा नं. ६ का अध्यक्ष युक्त प्रसाद कँडेलको  उपस्थिति रहेको थियो साथै काठेखोला गाउँपलिकाका कर्मचारी ,तथा सर्वसाधरण जनताको उत्साहजनक सहभागिता रहेको थियो ।कार्यक्रमले काठेखोला गाउँपालिकाका सर्वसाधरणलाई प्रत्यक्ष लाभ पुर्याएको  छ। साथै आगामि दिनमा सबै वडा तथा सबै स्थानमा बिकासको लागि एसरीनै  जनसहभागिता  हुनेछ भन्ने धारणा सबैले व्यक्त गर्नुभएको छ । कार्यक्रमको अवसरमा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले गाउँपालिकाको दिगो विकासका लागि जनसहभागित अत्यन्त जरुरी रहेको धारणा व्यक्त गर्नु भएको छ । साथै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर वि.क. ले पनि काठेखोला को विकसको लागि जनसहभागिताको ठुलो भुमिका रहने धारण व्यक्त गर्नु भएको छ। कार्यक्रमा सबैले समान रुपमा श्रम गरेका छन्। गाउँपालिकाको विकसको लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्ने साथै सवै एकजुट भएर काम गरे काठेखोलाई विकासको लागि कुने पनि तत्वले रोक्न नसक्ने आजको कार्यक्रमले प्रस्ट पारेको छ।

आर्थिक वर्ष: