FAQs Complain Problems

काठेखोला गाउँपालिकाको संक्षिप्त परिचय

४ नं प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक काठेखोला गाउँपालिका साविकका ८ गा.वि.स हरु ( पाला (१-५), सिगाना (६),  भिमपोखरा, धम्जा, तंग्राम, बिहुँकोट, रेश र लेखानी) मिलेर ८ वटा वडाको एउटा गाउँपालिका बनेको छ। मध्यपहाडी लोकमार्ग यस गाउँपालिकाको मध्य भाग बाट गएको र बागलुङ जिल्लाको सदरमुकाम बाट पनि नजिक रहेको छ। 

गाउँपालिकाको नाम     :   काठेखोला गाउँपालिका

प्रदेश             :           गण्डकी

जिल्ला            :           बागलुङ

वडा संख्या         :           ८

गाउँपालिकाको जम्मा जनसंख्याः  २२५२६

          महिला :   १२२७०

          पुरुष   :   १०२५६

घरधुरी संख्या       :    ५८९२

क्षेत्रफल           :   ८२.८८ वर्ग कि. मी.

भौगोलिक अवस्थितिः आक्षांशः अक्षांश २८0 १५” उत्तर देखि २८ ३७” उत्तर सम्म

देशान्तर          :   देशान्तर करिव ८३ पूर्व देखि ८३ ३६” पूर्व सम्म

गाउँपालिकाको सिमाना:   पुर्वः बागलुङ नगरपालिका

                    पश्चिमः गल्कोट नगरपालिका र ताराखोला नगरपालिका

                   उत्तरः म्याग्दी जिल्ला

                    दक्षिणः जैमिनी नगरपालिका र बागलुङ नगरपालिका

काठेखोला गाउँपालिकाको विस्तृत विवरण